aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

फोटोनको विद्युतीय ट्रक परिक्षणः पूर्ण क्षमतामा लोड बोकेर सजिलै उकालो पार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ भदौ २०८०
फोटोनको विद्युतीय ट्रक परिक्षणः पूर्ण क्षमतामा लोड बोकेर सजिलै उकालो पार

काठमाडौं । फोटोनको विद्युतीय ट्रकको सफल परिक्षण गरिएको छ । उक्त टीएम वान विद्युतीय ट्रकले पूर्ण क्षमतामा लोड बोकेर ह्वाइट गुम्बा र सोह्र खुट्टेको उकालो सजिलै पार गर्न सफल भएको हो । 

फोटोनको नेपालका लागि आधिकारिक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले उक्त परीक्षण गरेको थियो । फोटोन टीएम वान विद्युतीय ट्रकले १४ सय किलो लोड बोक्ने क्षमता राख्ने कम्पनीको दाबी छ ।  

यो पनि:  नेपाल भित्रियो फोटोनको विद्युतीय ट्रक, २८० किमी रेन्जसहित पाँच वर्षे वारेन्टी

एक पटकको फुल चार्जमा २ सय ८० किलोमिटर रेन्ज दिने टीएम वान सहरी क्षेत्र तथा मध्यम दुरीमा सामान ओसारपसारका लागि उपयुक्त ठहरिएको कम्पनीले जनाएको छ । टीएम वान विद्युतीय ट्रक नाडा अटो शोमा विशेष अफरका साथ प्रदर्शन गर्ने तयारी रहेको कम्पनीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस