
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र शाइन रेसुङ्गा विकास बैंकबीच क्यास लोड सम्झौता भएको छ । अब सो बैंकका सेवाग्राहीहरूले आइएमई पेमा सजिलै क्यास लोड गर्न सक्नेछन् ।
विभिन्न वित्तीय संस्थासँग आबद्ध भइ सेवाग्राहीहरूलाई विद्युतीय भुक्तानी सहज गराउने उद्देश्यसाथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको जनाएको छ ।
ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको पनि आइएमई पे को दाबी छ ।
हाल यो भुक्तानी सेवा प्रदायकले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा त्तच् स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ।
प्रतिक्रिया दिनुहोस