aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एनएमबी बैंकको डेबिट कार्डबाट कारोबार गर्दा १०० रुपैयाँ फिर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ भदौ २०८०
एनएमबी बैंकको डेबिट कार्डबाट कारोबार गर्दा १०० रुपैयाँ फिर्ता

काठमाडौं । एनएमबी बैंकले डेबिट कार्डमा १०० रुपैयाँ क्यासब्याक (फिर्ता) अफर घोषणा गरेको छ । अफर अन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएम बाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल (पीओएस) मार्फत कारोबार गर्दा १०० रुपैयाँ क्यासब्याक पाउनेछन् ।

यो अफर सीमित अवधिको लागि मात्र लागु हुने बैंकले जानकारी दिएको छ । बैंकले हाल देशभर २०१ शाखा, १४४ एटीएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस