aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मिड सोलु हाईड्रोपावरको आईपीओ स्थानीयमा बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ भदौ २०८०
मिड सोलु हाईड्रोपावरको आईपीओ स्थानीयमा बाँडफाँट

काठमाडौं । मिड सोलु हाईड्रोपावर लिमिटेडले आयोजना प्रभातिव स्थानीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री गरको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले साउन १४ गतेदेखि २८ गतेसम्म विक्री गरेको ७४ हजार ८४० कित्ता आईपीओ भदौ ६ गते बाँडफाँट गरिसकेको छ । आयोजना प्रभावित स्थानीयमा साउन १४ गतेदेखि ३० गतेसम्म विक्री गरेको ७ लाख ४८ हजार ४०० कित्ता आईपीओ भने भदौ १८ गते बाँडफाँट गरेको हो ।

कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रूपैयाँको २० प्रतिशत दरको १४ लाख ९६ हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । आयोजना प्रभावित स्थानीयमा विक्री गरिने कुल कित्ता आईपीओमध्ये पनि ५ लाख ६१ हजार ३०० कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ६ र ८ का बासिन्दाहरूका लागि र १ लाख ८७ हजार १०० कित्ता शेयर अति प्रभावित क्षेत्र वाहेकका सोलुखुम्बु जिल्लाको स्थानीय वासिन्दाहरूमा बाँडफाँट गरिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमै आईपीओ विक्री गरेको  हो । पहिलो चरणको आईपीओ बाँडफाँटपछि अब दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ विक्री गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले सोलुखुम्बु जिल्लामा ९ दशमलव ५ मेगावाट मध्य सोलु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ साल पुस १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रूपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रूपैयाँ ५ पैसा रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस