
काठमाडौं । म्याग्दी हाइड्रोपावर लिमिटेडले नागरिक उर्जा बुटवल लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । म्यादी हाइड्रोपावर लिमिटेडको १ कित्ता शेयर बराबर नागरिक उर्जा बुटवल लिमिटेडको १ कित्ता शेयर स्वाप रेसियो प्राप्तीका लागि तय गरिएको छ ।
प्राप्ती प्रस्ताव पारित गर्नका लागि कम्पनीले असोज १२ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनी रजिष्टर्डको कार्यालय बालुवाटार, काठमाडौंमा विहान ११ बजे सुरू हुनेछ । सभाले प्राप्ती गर्ने सम्बन्धमा सम्पूर्ण काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।
यी प्रस्तावहरू सँगै सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पनि पारित गर्नेछ भने चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्गो लगाउनेछ ।
प्रतिक्रिया दिनुहोस