aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

क्यानको बजेट साढे ३६ अर्ब, ६ अर्ब रुपैयाँ बोनस मै बाँड्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ भदौ २०८०
क्यानको बजेट साढे ३६ अर्ब, ६ अर्ब रुपैयाँ बोनस मै बाँड्ने

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०८०/ ८१ का लागि साढे ३६ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ ।

प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आवका लागि ३६ अर्ब ६६ करोड ६४ लाख रुपैयाँको बजेट स्वीकृत गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास, विमानस्थल सञ्चालनलगायत प्राथमिकताका क्षेत्र निर्धारण गरी चालु आर्थिक वर्षको बजेट विनियोजन गरिएको छ ।

अन्तर्राष्ट्रिय सङ्घ संस्थाबिच सहकार्य, यात्रु सेवा सुविधा अभिवृद्धि, आय वृद्धि तथा आर्थिक अनुशासन, मानव संसाधन विकास लगायतलाई बजेटले प्राथमिकता दिएको प्रवक्ता निरौलाले बताए। प्राधिकरणले चालु आवमा १५ अर्ब ८८ करोड २५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । यस्तै ऋण/सेयर लगानीका रुपमा ६ अर्ब ६४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । 

प्राधिकरणले पुँजीगत खर्चका लागि १९ अर्ब तीन करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको छ भने कर्मचारी खर्चमा दुई अर्ब ११ करोड ७१ लाख रुपैयाँ  छुट्याएको छ । प्राधिकरणले कार्य सञ्चालन खर्च चार अर्ब ३४ करोड र कर्मचारीको बोनसमा पाँच अर्ब ८९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस