aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

गणपति माइक्रोफाइनान्सको आईपीओ शुक्रबार बाँडफाँड हुँदै, कति जनालाई पर्ला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ बैशाख २०७६
गणपति माइक्रोफाइनान्सको आईपीओ शुक्रबार बाँडफाँड हुँदै, कति जनालाई पर्ला ?

काठमाडौं, वैशाख १७ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको आईपीओमा शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको आज प्रि अलोटमेन्ट हुँदैछ ।
कम्पनीले वैशाख ९ देखि १२ गतेसम्म जारी आईपीओमा  मागभन्दा २१ गुुणा बढी आवेदन परेको छ । कम्पनीले कुल ३ लाख ३५ हजार कित्तामध्ये ५ हजार १६७ कित्ता कर्मचारी र १६ हजार ७५० कित्ता सामूहिक लगानी कोष छुट्टाएको छ । कम्पनीले सर्वसाधारणका लागि ३ लाख १३ हजार ७५ कित्ता आईपीओ निष्काशन गरेको थियो । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ सय कित्तासम्म आवेदन दिन  व्यवस्था थियो। 

७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आईपीओपश्चात चुक्ता पुँजी  १० करोड ३५ लाख पुग्नेछ । कम्पनीको प्रतिशेयर नेटवर्थ गत आर्थिक मसान्तसम्म  ७७ दशमलव ७३ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस