aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सानिमा इक्वीटी फण्डको लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ भदौ २०८०
सानिमा इक्वीटी फण्डको लाभांश घोषणा

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सानिमा इक्वीटी फण्डले यस वर्ष १८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । योजना व्यवस्थापकको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कर समेत १८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । 

प्रस्तावित प्रतिफल प्रयोजनका लागि योजना व्यवस्थापकले आगामी दिनमा बुक क्लोजको मिति तय गर्नेछ । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरूले मात्र प्रतिफल प्राप्त गर्नेछन् । 

गत वर्षको तुलनामा यस वर्ष योजनाको प्रतिफल कम रहेको छ । गत वर्ष कर समेत २२ प्रतिशत प्रतिफल वितरण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस