aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

माईखोला हाइड्रोपावरको साधारण सभा स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ भदौ २०८०
माईखोला हाइड्रोपावरको साधारण सभा स्थगित

काठमाडौं । शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सहित असोज ९ गतेका लागि बोलाइएको वार्षिक साधारण सभा स्थगित भएको छ । भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि उक्त साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।  

यसअघि सार्वजनिक सूचनामा कम्पनीले लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौंमा विहान ९ बजे सभा गर्ने जानकारी दिएको थियो । प्राविधिक कारणले उक्त दिन सभा गर्न नसक्ने भएको जानकारी कम्पनीले पुनः सूचना जारी गर्दै गराएको हो । कम्पनीले हाल कायम चुक्तापूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रूपैयाँको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत गराईसकेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १ गते बुक क्लोज गर्ने बताएको थियो । बुक क्लोजको मिति वारे भने कम्पनीले पुनः जारी गरेको सूचनामा उल्लेख गरेको छैन ।
 

प्रतिक्रिया दिनुहोस