aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

प्रिमियम सेडान स्कोडा स्लाभिया सार्वजनिक, कति पर्छ मूल्य ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ भदौ २०८०
प्रिमियम सेडान स्कोडा स्लाभिया सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु एक्सपान्जे प्रालिले आइतबार आफ्नो नयाँ प्रिमियम सेडान स्लाभिया सार्वजनिक गरेको छ । नयाँ स्कोडा स्लाभिया दुई ट्रान्समिसन अप्सन र तीन भेरियन्टमा उपलब्ध हुनेछ ।

जसमा फरक डिजाइन र प्रिमियम फिचरले दुई दशकदेखि नेपाललाई विश्वस्तरीय सेडान उपलब्ध गराउँदै आएको स्कोडाको विरासतलाई कायम गर्ने कम्पनीको दाबी छ । ‘स्लाभिया भिडमा आफ्नो फरक छवि बनाउन चाहनेका लागि डिजाइन गरिएको प्रिमियम मिड साइज सेडान हो । स्कोडाको स्लिक डिजाइन रहेको स्लाभियामा आधुनिक र किफायती इन्जिन जडान गरिएको छ’, एमएडब्लु एक्सपान्जेका कार्यकारी निर्देशक रौनक अग्रवालले भने ।   

कम्पनीका अनुसार नयाँ स्कोडा स्लाभियामा १.० लिटरको थ्रि सिलिन्डर ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक टर्बो पेट्रोल इन्जिनले ११५ पीएस पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ । टिएसआई इन्जिनलाई मितव्ययी मानिन्छ जसले १९.४७ किलोमिटरको माइलेज दिन्छ । साथै यसले १०.७ सेकेन्डमा १०० किलोमिटर प्रति घन्टाको गति लिन सक्छ ।

स्लाभिया सेग्मेन्टकै सबैभन्दा ठूलो सेडान हो जसले पाँच वयस्क यात्रीलाई पर्याप्त हेड, सोल्जर र लेगरुम प्रत्याभुत गर्छ । साथै यसको ग्राउन्ड क्लेरेन्स १७९ एमएम रहेको छ जुन सेग्मेन्टमै सबैभन्दा बढी र नेपाली सडकको अवस्था सुहाउँदो छ । ड्यास बोर्डको बीचमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्लेसहितको १० इन्चको एड्भान्स्ड टचस्क्रिन, ८ इन्चको डिजिटल ककपिट, रियर पेसेन्जर डुअल एसी भेन्ट, डुअल युएसबी पोर्ट पनि रहेको छ । 

यो प्रिमियम सेडान क्रिस्टल ब्लु, क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर र कार्बन स्टिल लगायतका आकर्षक कलरमा उपलब्ध छ । यसको मूल्य ४९ लाख ४० हजारदेखि ७४ लाख ९० हजार रुपैयाँसम्म रहेको कम्पनीले जानकारी दिएको छ ।  

प्रतिक्रिया दिनुहोस