aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

चार कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने, सेबोनमा दिए निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ भदौ २०८०
चार कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने, सेबोनमा दिए निवेदन

काठमाडौं । चार हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएका छन् । लिवर्टी इनर्जी कम्पनी, ङादी ग्रुप पावर आँखुखोला जलविद्युत कम्पनीले भदौ २१ गते र बरुण हाइड्रोपावर कम्पनीले भदौ २२ गते हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन ।  

लिवर्टी इनर्जी कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । 

त्यस्तै, ङादी ग्रुप पावर कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि निवेदन दिएको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट स्वीकृती पाएपछि १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । 

आँखुखोला जलविद्युत कम्पनीले हाल कायम चुक्ता पूूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । सेबोनबाट स्वीकृती पाएपछि १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । 

बरुण हाइड्रोपावर कम्पनीले हाल कायम चुक्ता पूँजीको सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको छ । विक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले रू. ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस