aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नयाँ होन्डा एलिभेट सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ भदौ २०८०
नयाँ होन्डा एलिभेट सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । होन्डा नेपालले हालै अत्याधुनिक ५ सिटर एसयूभी होन्डा एलिभेट सार्वजनिक गरेको छ । आधुनिक स्टाइल र उत्कृष्ट पर्फमेन्स भएको यस एसयूभीले ग्राहकहरुलाई उच्चस्तरीय ड्राईभिङ्ग अनुभव दिने होन्डाले जनाएको छ । 

होन्डा एलिभेटको आकर्षक बाहिरी डिजाइनले सडकमा ध्यान आकर्षित गर्नेछ । गाडीको स्पेसियस इन्टेरीयरले यात्रुहरुलाई आरामदायी यात्राको अनुभव प्रदान गर्नेछ । हरेक यात्राको आनन्द लिन पर्याप्त कोठा प्रदान गर्दछ । यसका अतिरिक्त यस गाडीमा जडान गरिएको  अत्याधुनिक होन्डा सेन्सिङ्ग प्रणालीले ड्राइभरलाई सहायता गर्दै अत्याधिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । 

२२० मिलिमिटरको असाधारण ग्राउण्ड क्लियरेन्स प्रदान गर्दै एलिभेटले एस यू भीहरुका लागि नयाँ मानक सेट गरेको छ । यसबाहेक यो गाडीको इन्जिनले १२१ पिएस (लगभग ११९ हर्स पावर)को प्रभावशाली पावर आउटपुट प्रदान गर्ने कम्पनीले जनाएको छ । होन्डा एलिभेट नेपालभरिका आधिकारिक होन्डा डिलरशिपहरूमा उपलब्ध हुनेछ । 

 

प्रतिक्रिया दिनुहोस