aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एनआईबीएल प्रगति फण्डले लाभांश प्रयोजनका लागि असोज २ गते बुक क्लोज गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ भदौ २०८०
एनआईबीएल प्रगति फण्डले लाभांश प्रयोजनका लागि असोज २ गते बुक क्लोज गर्ने

काठमाडौं । एनआईबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबीएल प्रगति फण्डले लाभांश प्रयोजनका लागि असोज २ गते बुक क्लोज गर्ने भएका छन् । योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि कर सहित ६ दशमलव ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । 

यस वर्ष योजनाका इकाइधनीहरुरूका लागि ५ करोड १० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय योजना व्यवस्थापकले गरेको हो । बुक क्लोजको आधारमा असोज १ गतेसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस