
काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले स्थगित तेस्रो वार्षिक साधारण सभा असोज १८ गते गर्ने भएको छ । यस अघि असोज ९ गतेका लागि उक्त सभा गर्ने भनिएकोमा प्राविधिक कारण देखाएर उक्त दिन सभा स्थगित गर्ने निर्णय कम्पनीले गरेको थियो ।
भदौ २५ गतेको सञ्चालक समितिको बैठकले लर्ड पार्टी भेन्यु, धुम्बारही, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय सभाले टुङ्गो लगाउनेछ ।
बोलाइएको वार्षिक साधारण सभा स्थगित भएको छ । भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि उक्त साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो । यस अघि सार्वजनिक सूचनामा कम्पनीले लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौंमा विहान ९ बजे सभा गर्ने जानकारी दिएको थियो ।
सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव समेत पारित गर्नेछ । कम्पनीले हाल कायम चुक्तापूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रूपैयाँको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्नेृ प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत गराईसकेको छ । अब वार्षिक साधारण सभाबाट पारित गराएर नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्ने प्रक्रिया कम्पनीले अघि बढाउनेछ ।
उल्लेखित प्रस्तावहरूसँगै कम्पनीको ठेगाना परिवर्तनको विषय पनि सभाका लागि तय भएको छ । साथै संस्थापक शेयरधनीहरूबाट ४ जना, सर्वसाधारणबाट २ जना र एक जना स्वतन्त्र सञ्चालक निर्वाचनको कार्यक्रम पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ४ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिनसम्म कायम शेयधरनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस