aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

चिरख्वा हाइड्रोपावरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ भदौ २०८०
चिरख्वा हाइड्रोपावरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा साउन २८ गतेदेखि भदौ १० गतेसम्म आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूमा ८० हजार कित्ता आईपीओ बाँडफाँट गरिएको कम्पनीको भनाई छ ।

कम्पनीले दोस्रो चरणमा जारी हुने सर्वसाधारणतर्फको शेयरको १० प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयमा समेत आईपीओ विक्री गरेको छ । स्थानीयमा भने कम्पनीले साउन २८ गतेदेखि भदौ २५ गतेसम्म आईपीओ विक्री गरेको छ । स्थानीयमा विक्री गरेको आईपीओ भने बाँडफाँट हुन बाँकी छ ।

प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमै कम्पनीले आईपीओ विक्री गरेको हो । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख कित्ता आईपीओ स्थानीय बासिन्दाका लागि विक्री गरेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  यस कम्पनीले ४ दशमलव ७ मेगावाटको क्षमताको माथिल्लो चिरख्वा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस