aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सिड इनर्जीले सर्वसाधारणमा आईपीओ जारी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ भदौ २०८०
सिड इनर्जीले सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौं । सिड इनर्जी लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई छुट्याएको शेयर अंकित मूल्य वा प्रिमियम सहितको मूल्यमा जारी गर्ने प्रस्ताव साधारण सभामार्फत पारित गर्न लागेको छ ।  

आईपीओ निष्कासन लगाएतका विविध प्रस्ताव पारितका लागि असोज १७ गते दोस्रो बार्षिक साधारण सभा बोलाएको छ । सभा होटल स्क्वायर, पुल्चोक, ललितपुरमा दिनको २ बजे सुरू हुनेछ । सभाले गत आर्थिक वर्ष ०७९/८० सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

कम्पनीको अधिकृत पूँजी र जारी पूँजी बृद्धि गर्ने भएकाले सोही बमोजिम प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने विषय पनि सभाका लागि तय भएको छ । प्रबन्धपत्र संशोधनका लागि आवश्यक जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस