aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सिट्रोनले गाडी बुकिङ गर्ने ग्राहकलाई उपहार दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ भदौ २०८०
सिट्रोनले गाडी बुकिङ गर्ने ग्राहकलाई उपहार दिने

काठमाडौँ । नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले ‘फेस्टिभ स्किम-२०८०’ सार्वजनिक गरेको छ । नाडा अटो शोमा सिट्रोनका गाडीहरू बुकिङ गर्ने ग्राहकहरूको लागि २५ हजार रुपैयाँसम्म आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

भृकृटीमन्डपमा मंगलबारदेखि सुरू भएको नाडा अटो शोमा कम्पनीले आफ्नो फेस्टिभ स्किम सार्वजनिक गरेको हो । यो स्किम अन्तर्गत सिट्रोन सी३ किन्न चाहने ग्राहकहरूले आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा पनि पाउन सक्नेछन् ।

त्यस्तै गरी सिट्रोनको विद्युतीय गाडी ईसी३ खरिद गर्न चाहने ग्राहकहरूले पनि निःशुल्क बीमा र निःशुल्क सडक कारको सुविधा पनि प्राप्त गर्न सक्ने वितरकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस