aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भक्तपुरको युवा सहकारीले लम्पीपीडित किसानलाई राहत दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ भदौ २०८०
भक्तपुरको युवा सहकारीले लम्पीपीडित किसानलाई राहत दिने

भक्तपुर । यहाँको युवा बचत तथा ऋण सहकारीले लम्कीस्किन संक्रमणबाट पशुचौपाया क्षति भोगेका पीडित किसानलाई राहत दिने जनाएको छ ।

चाँगुनारायण नगरपालिका-६ मा मुख्य कार्यालय रहेको युवा साकोसले लम्कि स्किन रोगबाट पशु धनको क्षति भएका आफ्ना सदस्य किसानलाई प्रत्येक घर अनुसार राहत दिने संस्थाका सचिब जयराम बास्तोलाले जानकारी दिएका हुन्‌ ।

बास्तोलाले भने, ‘यदि हाम्रो सदस्यको घरमा पालेका गाई भैसीको सो रोगबाट मृत्यु भएमा ३ हजारप्रति पशुको हिसावले राहात दिन्छौं ।’ एक वर्ष उमेर भन्दा कमका बाच्छा/बाच्छी वा पाडा÷पाडीको मृत्यु भएमा सहकारीले २ हजार दिने निर्णय गरेको बास्तोलाले बताए ।

संस्थाका सदस्यले पशु चौपाय खरिद गर्न चाहेमा एक वर्षका लागि निर्ब्याजी ५० हजार रुपैयाँ नगद ऋण सुविधा दिने पनि जनाएको छ । ऋणको साँवा किस्ता भने तीन महिनापछि क्रमशः फिर्ता गर्नुपर्ने संस्थाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस