aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

लक्ष्मी भ्याल्यू फण्डको ८ करोड इकाई नेप्सेमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ भदौ २०८०
लक्ष्मी भ्याल्यू फण्डको ८ करोड इकाई नेप्सेमा सूचीकृत

काठमाडौं । लक्ष्मी भ्याल्यू फण्ड-२ को इकाईहरू नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बुधबार देखि सूचीकृत भएको छ । फण्डको ८ करोड इकाईहरू नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा LVF II नामबाट फण्डको इकाईहरू आउँदो भाद्र ३१ गतेदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।

 

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डले गत साउन ५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रति इकाई १० रुपैयाँका दरले निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कोष प्रवर्द्धक लक्ष्मी सनराईज बैंक लिमिटेड रहेको यस फण्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस