aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सिटिजन्स बैंकका ग्राहकले भारतको अपोलो अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ भदौ २०८०
सिटिजन्स बैंकका ग्राहकले भारतको अपोलो अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले भारतको अपोलो अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्‌ ।

बैंक र भारतस्थित अपोलो हस्पिटलस इन्टरप्राईजेज लिमिटेडबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १० प्रतिशत सम्म छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

अपोलो हस्पिटलस् इन्टरप्राईजेज लिमिटेडका भारतको विभिन्न ९ स्थानमा रहेका हस्पिटलका नेटवर्कहरूमा यो छुटको व्यवस्था लागू हुने सिटिजन्स बैंकले जानकारी दिएको छ । ।

समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा अपोलो हस्पिटल्स इन्टरप्राईजेज लिमिटेडका तर्फबाट भाइस प्रेसिडेन्ट– इन्टरनेसनल बिजनेस डा. कार्तिक अनन्थरामनले हस्ताक्षर गरेका हुन्‌ ।

सिटिजन्स बैंकले भारतस्थित हस्पिटल्सहरूसँग गरेको यो दोस्रो सम्झौता हो । यस अघि बैंकले भारतस्थित मेदान्त– द मेडिसिटी अस्पतालसँग बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरूबाट १६ लाख ४५ हजार ग्राहकवर्गलाई बैंकिङ सेवाहरू प्रदानगर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस