
काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले चाडपर्व अभियान सुरु गरेको छ । आफ्ना ग्राहकहरूलाई चाडबाडमा खुशी पार्न भन्दै “सीजीले घर सजाऔं, खुशीले चाड मनाऔं” भन्ने चाडपर्व प्रर्वद्धन योजना शुरु गरेको कम्पनीले जानकारी दिएको छ ।
इलेक्ट्रोनिक्स तथा होम अप्लाइन्सेज ब्राण्ड सीजीले दशैं र तिहारको अवसरमा चाडपर्व योजना ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकहरूले कुनै पनि सीजी ब्राण्डका उत्पादनहरू खरिद गर्दा क्यासब्याक र आकर्षक पक्का उपहारहरू प्राप्त गर्ने सिजीको दाबी छ ।
सीजीका अनुसार भदौ २५ देखि देशभरका ग्राहकहरूले ५६ हजार ४०० रुपैयाँसम्म बचत गर्ने अवसर प्राप्त गर्ने छन् । यस योजनाका अन्य आकर्षणहरूमा मेगा एक्सचेन्ज अफर, शून्य प्रतिशत नो कष्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम अन्तरगत लोयल्टी सदस्यले ललितपुरस्थित होटल विभान्तामा २५% सम्म छुट पाउनु सक्ने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यो योजनामा उल्लेखित अफरहरू तोकिएको अवधिभित्र नेपालभरका सबै सीजी ब्राण्डका आधिकारिक डिलरहरूबाट सजिलै प्राप्त गर्न सकिने सीजीले जनाएको छ । यो योजना सीजी ब्राण्डका सबै इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरू जस्तै टिभी, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, वाशिङ मेसिन, माइक्रोवेभ ओभन, डिशवाशर, एयर कन्डिसन, भ्याकुम क्लिनर र स्पिकरहरूमा उपलब्ध छन् ।
प्रतिक्रिया दिनुहोस