aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

फोर्सको अरबानीयाः यसकारण ग्राहकको ध्यान तानिरहेको छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ भदौ २०८०

काठमाडौं । नाडा अटो शो को पहिलो दिन नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटलले नाडा अटो शोमा फोर्स कम्पनीको अरबानीया भ्यान लञ्च गर्‍यो । उक्त भ्यानको लञ्च अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका हुन् ।   
  
अरबानीयालाई ‘बर्न इन द सिटी’ पनि भनिएको छ । धेरैले यसलाई हायससंग तुलना गर्ने गर्छन् । तर, यो एकदमै फरक खालको रहेको फोर्स मोटरमा कार्यरत सुमन केसीको दाबी छ । 

‘यो एकदमै लग्जरियस रहेको छ । यस गाडीको प्रत्येक सिटमा बेल्ट रहेको छ । सबै सिटमा फोल्डिङ सिस्टम रहेको छ । अन्य सबैजसो गाडीहरूमा ड्राइभरको सिट पछाडि साउन्ड सिस्टम हुन्छ । तर, यस गाडीमा प्रत्येक सिटको साइडमा रहेको छ । अन्डररुफ एसि समेत रहेको छ’, उनले भने ।     

यस भ्यान नेपालमा आयातित माइक्रोबसहरुमध्येमा सबैभन्दा प्रिमियम सुविधा युक्त रहेको छ भने कार जस्तै आरामदायी र सुविधा सम्पन्न रहेको उनको दाबी छ । यो भ्यान विश्व प्रसिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको छ । 

आकर्षक र सुविधा सम्पन्न देखिएको माइक्रो बसमा १५ र १८ सिट क्षमतामा उपलब्ध छन् भने यसका १५ सिट भ्यानको  मूल्य ८२ लाख ९९ हजार रुपैयाँ र १८ सिटको भ्यानको मूल्य ८६ लाख ९९ हजार रुपैयाँ रहेको छ । यो मूल्य केही समयको लागि मात्र लागु हुने छ । शोमा बुकिङ गर्ने ग्राहकहरूलाई विशेष छुट दिइएको छ ।  

प्रतिक्रिया दिनुहोस