aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एक्कर्ड फर्मास्युटिकल्सले हकप्रद शेयर निष्कासन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ भदौ २०८०
एक्कर्ड फर्मास्युटिकल्सले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । आईपीओ निष्कासन गर्ने तयारीमा रहेको एक्कर्ड फर्मास्युटिकल्स लिमिटेडले आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर निष्कासन गरेको छ ।  कम्पनीको गत भदौ २१ गते सम्पन्न विशेष साधारणसभा र गत भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री गर्ने निर्णय गरेको हो । सोही अनुसार कम्पनीले हाल कायम चुक्तापुँजीको २०.५२५ प्रतिशतले हुन आउने हकप्रद बिक्री खुला गरेको छ । 

कम्पनीले साविकका शेयरधनीहरुलाई आफूले तत्काल चुक्ता गरेको शेयरपूँजीको अनुपातमा हकप्रद शेयर खरीदका लागि कम्पनीको नाममा नेपाल इन्भेस्टमेण्ट मेगा बैंकमा रहेको खातामा रकम दाखिला गरी कम्पनीको लेखा शाखामा उपलब्ध गराउन अनुरोध गरेको छ । यसका लागि कम्पनीले ३५ दिनको अवधि दिएको छ ।  

हकप्रदबारे थप जानकारी कम्पनीको काठमाण्डौ तीनकुनेस्थित रजिस्टर्ड कार्यालयमा सम्पर्क गर्न सकिने पनि कम्पनीले जनाएको छ । यो कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न गत वर्ष पुस ४ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । धितोपत्र बोर्डले स्वीकृती दिएमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ६ हजार ९०९ कित्ता आईपीओ निष्कासन गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस