aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

प्रभु क्यापिटलको साधारण सभा असोज १९ गते, ६.३२ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ भदौ २०८०
प्रभु क्यापिटलको साधारण सभा असोज १९ गते, ६.३२ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले १५औं वार्षिक साधारण सभा असोज १९ गते बोलाएको छ । भदौ २५ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले अरण्य बुटिक होटल एण्ड रेष्टुरेन्ट, नागपोखरी मार्ग, काठमाडौंमा दिउसो १ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

सञ्चालकको नियुक्ती अनुमोदन गर्नुका साथै गत वर्षको मुनाफाबाट कर समेत ६ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई सभाले स्वीकृति प्रदान गर्नेछ । सभाका लागि तय भएको विशेष प्रस्तावमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सोको लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने विषय रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस