
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले तीन दिने ‘सिटिजन हिरोज कनक्लेभ’ कार्यक्रमको तेश्रो संस्करण सम्पन्न गरेको जनाएको छ । धुलिखेलस्थित आगन्तुक रिसोर्टमा भदौमा सम्पन्न सो कार्यक्रम ‘सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा’ नाराका साथ सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले हरेक आर्थिक वर्ष आफ्ना सिनियर एजेन्सी मेनेजरसहित केहि उत्कृष्ट कार्य गर्ने एजेन्सी मेनेजरहरूलाई सो कार्यक्रमको लागि छनौट गर्ने र उनीहरूलाई थप क्षमता अभिवृद्धि गरेर हौसला प्रदान गर्ने उद्देश्यले विभिन्न विषयमा तालिम दिएर हरेक ढङ्गबाट उत्कृष्ट बनाउन यस कार्यक्रमको आयोजना गर्ने गरेको छ ।
यस्तो किसिमको कार्यक्रमले लिडर्सहरूलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अप्नाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्र्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव छ । लिडर्सहरूलाई नियमित दिनचर्या भन्दा नयाँ र फरक तरिकाले व्यवसाय गर्दा उपलब्धी राम्रो हुने र व्यवसायिक सफलता हासिल गर्न सजिलो हुने कम्पनीले जनाएको छ ।
कम्पनीको यस ‘सिटिजन हिरोज कनक्लेभ’ कार्यक्रममा ६० जना लिडर्सहरूको सहभागिता रहेको थियो भने, कम्पनीको सम्पूर्ण व्यवस्थापन टिम साथै प्रमुख व्यवसाय अधिकृत र प्रदेश प्रमुखहरूको उपस्थिती थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक विजयकुमार झाले उपस्थित सम्पूर्ण लिडर्सहरूलाई प्रशिक्षण प्रदान गरेका थिए ।
प्रचलित कानुन, निति, नियम एवम नियमनकारी निकायबाट जारी निर्देशनहरूको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरूप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको र सोका लागि सेवालाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस