
काठमाडौं । सूर्यकुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडको शेयर निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।
स्थानीयबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) जारी गर्ने कार्यका लागि हाइड्रोपावर कम्पनीले प्रभु क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौतामा सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडका तर्फबाट प्रबन्ध संचालक सुकुन्तलाल हिराचन तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनज्यूले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस