
काठमाडौं । दोर्दी खेला जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रूपैयाँ रहेको छ ।
सोही पूँजी बराबरको हकप्रद शेयर निष्कासनको प्रस्ताव कम्पनीले गरेको हो । कम्पनीले प्रस्ताव गरेको हकप्रद शेयर विद्युत नियमन आयोगको स्वीकृति पछि आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ । त्यसपछि मात्र कम्पनीले नेपाल धितोपत्र बोर्डमा निष्कासनका लागि आवेदन पेश गर्नेछ ।
प्रतिक्रिया दिनुहोस