aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

हाथवे इन्भेष्टमेण्ट नेपालको आईपीओ मंगलवार बाँडफाँट हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ भदौ २०८०
हाथवे इन्भेष्टमेण्ट नेपालको आईपीओ मंगलवार बाँडफाँट हुने

काठमाडौं  । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको आइपीओमा असोज २ गते अर्थात मंगलवार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार मंगलवार बिहान ९ बजे बाँडफाँट हुने जानकारी दिएको हो । 

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १३ लाख २७ हजार २११ जनाले ३ करोड १३ लाख १६ हजार २४० कित्ताका लागि आवेदन दिएका थिए । यस आधारमा कम्पनीको १ लाख २१ हजार ३८७ जनाले २०/२० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्  ।

 सोही मध्ये पाँच जनाले थप १ कित्ता अर्थात २१ कित्ता शेयर हात पार्नेछन् । कम्पनीले भदौ २१ गते २५ गते सम्म २४ लाख २७ हजार ७५९ कित्ता आईपीओ सर्वसाधारणमा विक्री खुला गरेको थियो । 


 

प्रतिक्रिया दिनुहोस