aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

ओरियण्टल होटल्सको लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ असोज २०८०
ओरियण्टल होटल्सको लाभांश घोषणा

काठमाडौं । ओरियण्टल होटल्स लिमिटेडले यस वर्ष ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । असोज १ गते साझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रहेको छ । सोही पूँजीको आधारमा ५ करोड ९३ लाख ७३ हजार रूपैयाँ बराबरको नगद लाभांश तिवरण गर्ने प्रस्ताव कम्पनीले गरेको हो । सोही बैठकले असोज २५ गते विहान ११ बजे २६औं वार्षिक साधारण सभा गर्ने निर्णय पनि गरेको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा सभा गर्ने निर्णय कम्पनीले गरेको हो । सो सभा प्रयोजनका लागि असोज १२ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय समेत कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अघिल्ला तीन आर्थिक वर्ष भने कम्पनीले लाभांश वितरण गरेको छैन् । यस अघि आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १० दशमलव ७९ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस