aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ ९ हजार २०० कित्ता बिकेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ असोज २०८०
माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ ९ हजार २०० कित्ता बिकेन

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले साउन ४ गतेदेखि भदौ १७ गतेसम्म स्थानीयमा विक्री गरेको १० लाख कित्ता आईपीओमध्ये ९ लाख ९० हजार ८०० कित्ता आईपीओ असोज १ गते बाँडफाँट गरेको हो । 

स्थानीयका लागि छुट्याएको आईपीओमध्ये ९ हजार २०० कित्ता भने वितरण हुन सकेन । कम्पनीले स्थानीयमा विक्री हुन नसकेको उक्त आईपीओ सर्वसाधारणमा थप गरी विक्री गर्नेछ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयसँगै कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा समेत आईपीओ विक्री गरेको थियो । 

कम्पनीले साउन ४ गतेदेखि १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार कित्ता आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र माग गरेभन्दा बढी शेयर खरीद माग भएकाले १५ हजार जना आवेदकहरूलाई १० कित्ताका दरले भदौ १८ गते आईपीओ बाँडफाँट गरिसकेको छ ।

यस कम्पनीले रसुवा जिल्लामा १४ दशमलव ३ मेगावाट क्षमताको  माथिल्लो मैलुङ खोल जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको कुल अनुमानित लागत २ अर्ब ५० करोड रूपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत  १७ करोड ४८ लाख २५ हजार १७४ रूपैयाँ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस