aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भोलिदेखि  शिवश्री हाइड्रोको आईपीओ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ असोज २०७६
भोलिदेखि  शिवश्री हाइड्रोको आईपीओ

काठमाडौं । बिहीबारदेखि शिवश्री हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आइपीओ बिक्री गर्न लागेको छ । कम्पनीले ३३ लाख ५१ हजार १४० कित्ता शेयर बिक्री गर्न लागेको हो । यसअघि आयोजना प्रभावित स्थानीयलाई बिक्री हुन नसकेको ११ लाख ३६ हजार ५४० कित्ता शेयर समेत जोडेर कम्पनीले सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

छिटोमा असोज २४ गतेभित्र आवेदन खुला रहनेछ भने त्यस अवधिमा माग बमोजिम आवेदन नपरे कात्तिक १५ गतेसम्म आवेदन दिन सकिनेछ । यस आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिन्छ । यस आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।यस कम्पनीले सिन्धुपाल्चोक जिल्लामा २२ दशमलव २ मेगावाट क्षमताको माथिल्लो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस