aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आइसर मेगा सर्भिस क्याम्प सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ असोज २०८०
आइसर मेगा सर्भिस क्याम्प सम्पन्न

काठमाडौं । आइसर मेगा सर्भिस क्याम्प सम्पन्न गरेको छ । भदौ १७ देखि २९ सम्म सञ्चालित आइसर मेगा सर्भिस क्याम्प सकारात्मक प्रतिक्रिया र परिणामका साथ सम्पन्न भएको हो । नेपालभरका ११ विभिन्न स्थानबाट सञ्चालन गरिएको यस क्याम्पमा भेला भएर करिब २००० जनाभन्दा बढी ग्राहकहरुले आफ्ना सवारीको सर्भिसि मार्पmत लाभ लिएको कम्पनीको भनाइ छ । 

बतास एमएडब्लूले आइसर मेगा सर्भिस क्याम्पमा उपस्थित ग्राहकहरुलाई ६ महिनासम्म पाट्र्समा वारेन्टी प्रदान गरेको छ । यसका साथै नियमित मर्मतसम्भारदेखि उच्चदक्ष प्राविधिक टोलीबाट अप्रत्याशित मर्मतको सुविधा पनि आइसरले आफ्नो ग्राहकलाई प्रदान गरेको छ । बिदाको समय तथा रात्रिकालिन सेवाका लागि आपतकालीन सेवा चौबिसै घण्टा संचालन हुने र उक्त सेवालिनका लागि टोल फ्रीनम्बर १६६००१११५५५ मा फोन गरि चौबिसै घण्टा सेवालिन सकिने जानकारी यस क्याम्पमा गराइएको थियो ।

बतास एमएडब्लूले सधैं गुणस्तरीय सेवालाई आफ्नो उद्देश्यको रूपमा प्राथमिकता दिएको कम्पनीले जनाएको छ । व्यावसायिक सवारी साधनहरूक ालागि उत्तम सम्भावित हेरचाह उपलब्ध गराउने प्रतिबद्धता, ग्राहकको अपेक्षाहरू पूरा गर्ने प्रयासकै कारणले यस उद्योगले मान्यता पाएको हो ।
 

प्रतिक्रिया दिनुहोस