aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

खानीखोला हाड्रोपावरको हकप्रदको विक्री प्रबन्धक सिटिजन्स क्यापिटल नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ असोज २०८०
खानीखोला हाड्रोपावरको हकप्रदको विक्री प्रबन्धक सिटिजन्स क्यापिटल नियुक्त

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र खानीखोला हाड्रोपावर कम्पनी लिमिटेडबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।  सिटिजन्स क्यापिटल लिमिटेड र खानीखोला हाड्रोपावर कम्पनीबीच साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन प्रबन्धसम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौतामा खानीखोला तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा खानीखोलाको हकप्रद शेयर निष्काशन प्रबन्धकको रुपमा काम गर्ने कम्पनीले जनाएको छ । त्यस्तै, खानीखोला अन्तर्गतको आयोजनाहरु “टुगुंन–ठोस्ने तथा खानीखोला जलविद्युत आयोजना”ललितपुर जिल्लामा अवस्थितरहेका छ र क्रमस  ४.३६ मेगावाट र २ मेगावाट उत्पादन क्षमता रहेका आयोजनाहरु २०७३ मंसिरदेखि नै संचालनमा आईसकेका छन ।
 

प्रतिक्रिया दिनुहोस