
काठमाडौं । दावा टेक्नोलोजीले नेपाल अधिराज्यभरका ‘डिलर मीट’ सम्पन्न गरेको छ । चिनियाँ ब्राण्ड दावाले नेपालको आधिकारिक बिक्रेता एचएमसी नेपालको आयोजनामा एक कार्यक्रम गर्दै डिलर मीट सम्पन्न गरेको हो ।
नेपाल प्रहरीका एआइजी किरण बज्राचार्यको प्रमुख आतिथ्यता रहेको डिलर मीटका क्रममा वर्षभर दावा टेक्नोलोजीको सामग्री धेरै बेच्ने १२ डिलरलाई सम्मानसहित ५ लाख रुपैयाँ बराबरको हेल्थ इन्स्योरेन्स प्रदान गरिएको छ । कार्यक्रममा दावा टेक्नोलोजीका चिनियाँ डेलिगेट्सहरू समेत उपस्थित थिए ।
आधिकारिक बिक्रेता एचएमसीका सन्तोसकुमार श्रेष्ठले दावा टेक्नोलोजीका कारण नेपालमा असुरक्षाको जोखिम न्यूनीकरण हुँदै गएको बताए । उनले चिनियाँ कम्पनी दावा टेक्नोलोजीबाट उत्पादित सीसी क्यामेराका कारण समाजमा शान्ति र अमनचयन कायम गर्न सहयोगी भूमिका खेलेको बताए ।
यस्तै, एआइजी किरण बज्राचार्यले सीसी क्यामेराका कारण समाजमा सुरक्षा र शान्ति कायम गर्न सहज भएको बताए । उनले देशमा भइरहेका प्रमुख अपराधिक घटनामा सीसी टीभी फुटेजका कारण अनुसन्धान गर्न र उनीहरूलाई नियन्त्रणमा लिन सहज भएको समेत बताए ।
देशभरका डिलहरू सहभागी ‘डिलर मीट २०२३’मा चीनबाट दावा टेक्नोलोजीका दक्षिण एसिया क्षेत्रीय निर्देशक जेम्स युले नेपालमा सीसी क्यामेराको बजार बढ्दो अवस्थामा रहेको बताए । उनले भने, ‘चीन र भारतबीचमा रहेको नेपालमा आर्थिक गतिविधि बढ्दै जाँदा सीसी टीभीको माग समेत बढ्दै गइरहेको छ ।’
कार्यक्रमको व्यवस्थापन रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेको थियो ।
प्रतिक्रिया दिनुहोस