aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

दूरसञ्चार प्राधिकरण कर्मचारी युनियनमा जैशीको प्यानल विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ असोज २०८०
दूरसञ्चार प्राधिकरण कर्मचारी युनियनमा जैशीको प्यानल विजयी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी युनियनहरुको निर्वाचनमा शिवराज जैशी प्यानल विजयी भएको छ । आधिकारिक कर्मचारी यूनियन नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनका लागि भएको दुई समूहबीचको प्रतिस्पर्धा हुँदा जैशी प्यानल विजयी भएको हो।

यूनियन अध्यक्षमा जैशीसँग कैलाश कार्कीको प्रतिस्पर्दा रहेको थियो । उनले २० ल्याउदा शैलीले २३ मत ल्याए विजयी भएका हुन। यस्तै कार्की समूहबाट उपाध्यक्षमा सरिता ज्ञवालीले १३ मत ल्याउँदा जैशी समूहबाट बिजयी भएकी सोनू केसीले २९ मत हासिल गरेकी छन्।

यसैगरी सचिवमा विजयी भएका राजु रिजालले ३१ मत ल्याएका छन् भने प्रतिस्पर्धी धमेन्द्र मेहताले १२ मत ल्याए। कोषाध्यक्षमा जैशी समूहबाटै मनोज पौडेलले २६ मत ल्याए । जैशी प्यानलबाटै सदस्यहरु सागर कुमार भट्टराई, निरु कुमारी लेखक र राधेश्याम मल्ल विजयी भएका छन्। 

प्रतिक्रिया दिनुहोस