aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

खानी खोला हाइड्रोपावरको हकप्रद निष्कासनको जिम्मा सिटिजन्स क्यापिटललाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ असोज २०८०
खानी खोला हाइड्रोपावरको हकप्रद निष्कासनको जिम्मा सिटिजन्स क्यापिटललाई

काठमाडौं । खानी खोला हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनको जिम्मा सिटिजन्स क्यापिटल लिमिटेडलाई दिएको हो । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त भएको हो । यस कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको छ । 

हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय कम्पनीले गरेको हो । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त हकप्रद शेयर विद्युत नियमन आयोगको स्वीकृतिका लागि आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय भएको जानकारी कम्पनीले दिएको छ ।

हाल कम्पनीको चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो । कम्पनीले बैंकको ऋण भुक्तानीका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको जानकारी दिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको दिर्घकालिन कर्जा ८० करोड ८५ लाख रूपैयाँभन्दा बढी रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनी २ करोड २८ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म ६३ लाख ६४ हजार रूपैयाँ खुद नाफामा रहेको कम्पनी गत वर्ष भने नोक्सानीमा गएको हो ।
 

प्रतिक्रिया दिनुहोस