
काठमाडौं । स्टार हस्पिटल लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारितका लागि विशेष साधारण सभा गर्ने भएको छ । असोज २६ गते विहान १० बजे स्टाल हस्पिटल प्राङ्गण, सानेपा, ललितपुरमा विशेष साधारण सभा आव्हान गरिएको हो ।
सभाले सर्वसारणमा आईपीओ जारी गर्ने प्रस्तावसँगै अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने सम्बन्धि प्रस्ताव समेत पारित गर्नेछ । हस्पिटल क्षेत्रको कम्पनीहरूमध्ये आईपीओ जारी गर्ने दोस्रो कम्पनीको रुपमा यस कम्पनीले तयारी थालेको हो । नर्भिक इन्टरनेशनल हस्पिटलले पनि सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस