aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेपाल लाइफ इन्स्योरेन्सको ५ लाखभन्दा बढी संस्थापक शेयर बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० असोज २०८०
नेपाल लाइफ इन्स्योरेन्सको ५ लाखभन्दा बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ लाख २३ हजार ११२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्राइभेट लिमिटेडको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

धितोपत्र दोस्रो बजारमा यस कम्पनीको संस्थापक शेयरको मूल्य प्रतिकित्ता ४३५ रूपैयाँ र्हेको छ भने सर्वसाधारण शेयरको मूल्य प्रतिकित्ता ५८७ रूपैयाँ छ ।
 

प्रतिक्रिया दिनुहोस