aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

कुमारी इक्वीटी फण्डको नोक्सानी बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० असोज २०८०
कुमारी इक्वीटी फण्डको नोक्सानी बढ्यो

काठमाडौं । कुमारी सामुहिक लगानीकोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड भदौ मसान्तसम्म २ करोड ९५ लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको छ । साउन मसान्तसम्मको तुलनामा योजनाको नोक्सानीमा बृद्धि भएको हो । साउन मसान्तसम्म योजना २ करोड १७ लाख रूपैयाँभन्दा बढी मात्र नोक्सानीमा रहेको थियो ।

साउनको तुलनामा योजनाको खर्च बढेको र जम्मा आम्दानीको ऋणात्मक अवस्थामा समेत बृद्धि भएकाले खुद नोक्सानी बढेको हो । साउनमा १ करोड ९८ लाख रूपैयाँभन्दा बढी आम्दानी ऋणात्मक रहेकोमा भदौ महिनामा यो रकम २ करोड ६१ लाखभन्दा बढी ऋणात्मक देखिएको छ । त्यस्तै साउनमा १८ लाख ५३ हजार रूपैयाँ खर्च भएकोमा भदौमा ३३ लाख ७० हजार रूपैयाँ भएको छ ।

योजनाको प्रतिइकाई खुद मूल्यमा समेत कमि आएको छ । साउन मसान्तसम्म १० रूपैयाँ ८१ पैसा रहेको प्रति इकाई खुद मूल्य भदौ मसान्तसम्म ९ रूपैयाँ ७३ पैसा कायम भएको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १० करोड इकाई जारी गरेको थियो ।

धितोपत्र बजारमा लगानी गरी नाफा कमाउने उदेश्य सहित सञ्चालित यस योजनाले भदौ मसान्तसम्म धितोपत्र र बैंक मुद्दती निक्षेपमा गरेको लगानीको परलमूल्य कमिसन सहित १ अर्ब १२ करोड १८ लाख रूपैयाँभन्दा बढी छ । करोड रूपैयाँ बैंक मुद्दती निक्षेपमा लगानी गरेको योजनाको कुल लगानीको मूल्य ८९ करोड २१ लाख ४९ हजार रूपैयाँ मात्र छ । योजनाले गरेको लगानीको लागतमूल्य भन्दा बजारमूल्य कम रहेको हो ।
 

प्रतिक्रिया दिनुहोस