
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले यस अघि स्थगित आठौं वार्षिक साधारण सभा असोज १९ गतेको लागि बोलाएको छ । यस अघि भदौ ३१ गते बोलाईएको सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो ।
कम्पनीले ६५ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै आठौं वार्षिक साधारण सभा बोलाएको थियो । साथै रित्त संस्थापतर्फको एक जना , सर्वसाधारणतर्फको एक जना सञ्चालक र स्वतन्त्र सञ्चालक नियुक्ति वारे पनि सभाले निर्णय गर्ने कार्यक्रम रहेको थियो । यस अघि निर्धारित सम्पूर्ण प्रस्तावहरू पारितका लागि कम्पनीले सभा गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस