aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

दुःखी पेसाको सुखी जीवन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ असोज २०८०
दुःखी पेसाको सुखी जीवन

काठमाडौँ । वेलवास, १३ तनहुँका सुशील गाई पालन परियोजनाका सञ्चालक हुन्,  श्रीप्रसाद साँखि । बाह्र कक्षा पास भएता पनि आयआर्जन नभएको अवस्था र घरायसी व्यवहार चलाउन धौ धौ परेकाले विगतमा वैदेशिक रोजगारीमा अलमलिएका थिए।

कमाई नहुँदा सरसापटमा समेत इष्टमित्र साथीभाइले आईकाई गर्ने महसुस भएकाले घरायसी व्यवहार चलाउन वैदेशिक रोजगारीमा १० वर्ष अलमलिनु परेको तितो अनुभव छ उनीसँगै । विदेशमा कष्टका साथै अपमान भएको महसुस भए पछि घरमा आई सुशील गाई फार्म दर्ता गरी व्यवसाय सञ्चालन गर्न प्रेरणा मिलेको उनको भनाइ छ ।

सुरुमा परियोजना सञ्चालन गर्न निकै कडा परिश्रम गर्नुपर्‍यो, उनले । घर परिवारबाट समेत दुःखी पेसा भनी वचन सहनु परेका थियो । अनुभवको कमीका कारण दूध बिक्री गर्न कठिन भए तापनि कडा परिश्रमका साथ कमशः दूध, दही बिक्रीबाट नगद आउन थालेपछि रस बस्दै जाँदा सफलता मिल्यो । जग्गा किन्न समेत  सफल हुँदै गएको उनी बताउँछन् ।

लगनशीलता, पारिवारिक सहयोग, नगद प्राप्तिपश्चात् वरिपरि छरछिमेकले उद्यमी भनी प्रशंसा गर्न थालेका र उक्त उत्प्रेरणा समेत सफलताको कारक तत्त्व बन्न पुगेको उनको विश्वास छ । मेहनत गरी उद्यम गर्न सकेमा प्रशस्त आम्दानी गाउँघरमै गर्न सकिने र बिदेसिन नपर्ने, गाई/भैँसी पाली दूध उत्पादन गरेर दूध, दही, नौनी, घिउ बनाउन सकिने र बालबच्चाको अध्ययन, पालन पोषण सजिलैसँग गर्न सकिने उनको भनाई छ ।

अर्ग्यानिक खाना खाने अवसर समेत हुने भनी सञ्चालक साँखि इष्टमित्र र समाजका लागि प्रशंसाको पात्र बन्न सफल भएका छन् । यसका साथै सहकारीको समेत विकास गरी सहकारी मार्फत धेरै जनालाई रोजगारी दिन सकिने कुरा गाउँमा बुझाउन सकेको उनी बताउँछन् ।

श्रीप्रसादको फार्ममा अहिले ११ वटा माउ गाई र २ बाछी समेत १३ वटा गाई रहेको छन् भने आफ्नो र गाउँको गाई/भैँसीको दूध सङ्कलन गरेर सञ्चालन गरी दूध, दही, पनिर इत्यादि बिक्री भइरहेको छ । आर्थिक अवस्थामा सुधार भएसँगै श्रीप्रसादले १५ रोपनी कच्ची मोटर बाटोले छोएको जग्गा र १३ वटालाई किन्न सफल भएका छन् । आरसिसी घर तथा सुधारिएको गोठ निर्माण, छोरा/छोरीहरूलाई माध्यमिकदेखि उच्च शिक्षासम्म अध्ययनका साथै घर खर्च सजिलैसँग गर्न सकिरहेको उनी बताउँछन् ।

घर परिवारमा जस्तै बैंकका कर्मचारीसँग समस्या देखाई अगाडि बढिरहँदा व्यवसायको माग अनुसार कृषि विकास बैंकको कर्जा लिने प्रक्रिया सहज भएको महसुस भएको उनको भनाइ छ । उनलाई जम्मा एक लाख ५० हजार रुपैयाँबाट सुरु गरेको व्यवसायमा हाल २४ लाखसम्मको अनुदान कर्जा प्राप्त भएको छ। (सफलताको कथाबाट साभार)

 

प्रतिक्रिया दिनुहोस