aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

रिचेत जलविद्युतले आईपीओ निष्कासन गर्ने, बोर्डमा निवेदन दर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ असोज २०८०
रिचेत जलविद्युतले आईपीओ निष्कासन गर्ने, बोर्डमा निवेदन दर्ता

काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले ११ लाख ७६ हजार ४५० कित्ता आईपीओ निष्कासन गर्न भदौ २९ गते सेबोनमा निवेदन दिएको हो । 

विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएपछि  पहिलो चरणमा स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस