aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेपाल वेयर हाउजिङलाई आईपीओ बिक्री गर्न बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ असोज २०८०
नेपाल वेयर हाउजिङलाई आईपीओ बिक्री गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि अनुमति पाएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनले असोज १० गते कम्पनीलाई १३ करोड ७५ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । 

अब कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्नेछ । कम्पनीले पहिलो चरणमा कुल शेयर संख्याको १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीका लागि जारी गर्नेछ । दोस्रो चरणमा सर्वसाधारणका आईपीओ निष्कासन गर्नेछ ।  यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडको रहेको छ ।

यस कम्पनी निम्बस ग्रूप अन्तर्गतको पब्लिक कम्पनी हो । कम्पनीले हेटौंडा, वीरगञ्ज, बाराको जितपुर, कोहलपुर, कपिलवस्तु र इटहरीमा खानेतेल, पीठो, पशुपन्छीको दाना, पिनाको विक्रीवितरण तथा अन्न भण्डारण गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस