aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मर्मतसम्भार गर्न मनकामना केबलकार असोज १७ र १८ गते नचलाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ असोज २०८०
मर्मतसम्भार गर्न मनकामना केबलकार असोज १७ र १८ गते नचलाइने

काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । यही असोज १७ गते बुधबार र १८ गते बिहीबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।

नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो । कम्पनीका अनुसार केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्‍टुरेण्ट भने नियमित सञ्चालन रहनेछ ।

केबलकारको नियमित सेवा २०८० असोज १९ गते शुक्रबार देखि पुनःसञ्चालनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस