aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सिट्रोनको शोरुम अब पोखरा र चितवनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असोज २०८०
सिट्रोनको शोरुम अब पोखरा र चितवनमा

काठमाडौं ।  नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले पोखरा र चितवनमा नयाँ शोरुम विस्तार गरेको छ । पोखराको नयाँबजारमा खोलिएको नयाँ शोरुम  एसएसएल मोटर्स कम्पनी प्रा.लि. रहेको छ भने चितवनको भरतपुर–१०, रिजाल चोकमा खोलिएको नयाँ शोरुम ओजोन मोटर्स कम्पनी रहेको छ । यीे नयाँ शोरुमहरुमा सिट्रोन ईसिथ्री र सिट्रोन सिथ्री मोडल बिक्रीका लागी रहेका छन् ।    

यातायात व्यवस्था कार्यालय सवारी गण्डकीका कार्यालय प्रमुख डिल्लीराज रिजाल र सिट्रोनको लागि नेपालको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स  प्रा. लि. का असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले बिहीबार एक कार्यक्रमबीच पोखरामा शोरुमको उदघाटन गरेका थिए । त्यसैगरी उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ, सीसीआईसीका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष नारायण अधिकारी र सिट्रोनको लागि नेपालको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स  प्रा. लि. का असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच चितवनमा शोरुमको उदघाटन गरे ।

उपभोक्ताहरुको अत्यधिक मागलाई सम्बोधन गर्दै  सिट्रोनले  आफ्नो  आइस (इन्टरनल कम्बस्चन इन्जिन)  मोडेल  पनि उपलब्ध  गराएको  छ। फिल विथ भाइब प्याकेजसहित ३६.४९ लाखमा पाईने यी गाडीहरूमा अत्याधुनिक प्रविधि र शक्तिशाली प्रदर्शनको संयोजन रहेको छ। यो नयाँ रिलिजले नेपाली ग्राहकहरूको प्राथमिकताहरू पूरा गर्न र कार बजारमा उत्कृष्ट मूल्य प्रदान गर्न सिट्रोन समर्पित छ भन्ने कुरा स्पष्ट बनाउँछ । 

सांग्रिला मोटर्सले दशैं र तिहारको अवसरमा प्रमोशनल स्किम पनि ल्याएको छ । यस योजना अन्तर्गत, ग्राहकहरूले आकर्षक छुट, निःशुल्क सडक कर, र एक वर्षभरीको लागि निःशुल्क कम्प्रीहेन्सिब  इन्सुरेन्स लगायतका असाधारण लाभहरूको आनन्द लिन सक्नेछन् । 


 

प्रतिक्रिया दिनुहोस