
काठमाडौं । गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले पूर्वको चैनपुर, संखुवासभा र विर्तामोड, झापामा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय शोरुमहरुको उदघाटन गरेको छ । नेपाल ल्युब आयल लिमिटेडले चैनपुरमा आफ्नो आधिकारक बिक्रेता लक्की सप्लायर्स र झापामा आफ्नो आधिकारक बिक्रेता साहारा कृषि अनुसन्धान तथा विकास कम्पनी प्रालिको नयाँ शोरुम उदघाटन गरेको छ ।
ग्राहकलाई उच्च सेवाप्रधान गर्न र नेपालकै सर्वाधिक बिक्रि हुने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउने आफ्नो लक्ष्यको अनुरुप यो नयाँ शोरुमहरु संचालनमा आएको कम्पनीले जनाएको छ । कम्पनीले हिमाल, पहाड, तराई र मधेसका सबै बिकट र निकट स्थानहरुमा गल्फ लुब्रिकेन्टका सेल्स आउटलेट संचालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ ।
लक्की सप्लायर्स शोरुमको उदघाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीज्युले कार्यक्रमका अध्यक्ष निग्मा डोरेले शेर्माको उपस्थितिमा गरेका हुन भने साहारा कृषि अनुसन्धान तथा विकास कम्पनी प्रालिको शोरुम करण चौधरीले सहारा कृषि सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पाठकको उपस्थितिमा गरेका हुन ।
समारोहमा बोल्दै करण चौधरी भने,“गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्टब्रान्डहो र यो नेपालकै सबैभन्दा धेरै बिक्रीहुने ब्रान्ड पनि हो । ग्राहकलाई उच्च सेवाप्रधान गर्ने हाम्रो मूल उद्देश्य रहेको छ, यसमा प्रशिक्षित जनशक्ति र लुब्रिकेन्टको सजिलो उपलब्धताले ठूलो भूमिका निर्वाह गर्दछ । यहि उद्देश्य अनुरुप हामीले दुई नयाँ उच्चस्तरीय शोरुमहरु संचालनमा ल्याएका हौ र भविष्यमा सहजतालाई ध्यानमा राखी अरु शोरुमहरु पनि संचालनमा ल्याउने छौ ।’’
प्रतिक्रिया दिनुहोस