aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आइशरले ल्यायो “सोचे झैं दशैं तिहार, रोजेझै उपहारः सुनको बहार, बम्परमा कार” उपहार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असोज २०८०
आइशरले ल्यायो “सोचे झैं दशैं तिहार, रोजेझै उपहारः सुनको बहार, बम्परमा कार” उपहार

काठमाडौं । आइशरले नेपालीहरुको महान चाड दशैं र तिहारको उल्लासमय माहोलमा आफ्ना ग्राहकहरुका लागि नयाँ आइशर गाडीको खरिद गर्दा रोजेर उपहार लिन पाइने रमाइलो योजनाको सुखद घोषणा गरेको छ । आफ्ना उपभोक्ताहरूसँग खुशी साटासाट गरि चाडपर्वको उत्सव मनाउँन बतास एमएडब्लू कमर्शियल भेहिकल (बी.एम.सी.वी.) ले दशैं तिहार स्कीमको घोषणा गरेको हो ।

७० भन्दा बढी देशहरूमा फैलिएको आइशर, भोल्भो र आइशरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ बिभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउदै आइरहेको छ । 

 साथै हालसालै भएको बतास र एमएडब्लूको एकताले ब्यवसायिक सवारी साधनको बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखाहरु, ४ डिलर र १६ टच पोइण्टस्को साथ देशै भर ब्यवसायिक सवारी साधन उपलब्ध गराउँदै आएको छ । 

यस योजना अन्तर्गत आइशर बस, ट्रक तथा ट्रिपरकाको खरिदमा सुनको बहार, टुर प्याकेज, यामाहा बाइक र स्कुटर, सवारी साधनको फ्री सर्भिसिङ र स्पेयर पार्ट्स अथवा फ्री ईएमआई मध्येबाट ग्राहकहरुले रोजेर उपहार लिन पाउँने अवसर प्रदान गर्ने भएको छ । यो योजनाको अन्त्यमा बम्पर उपहार अन्तर्गत एकजना भाग्यमानीले मिनी इभी कार पनि प्राप्त गर्नु हुनेछ।

उल्लेखित उपहारहरु बाहेक चालकलाई रू. पाँच लाख र रू. पच्चीस लाखको आकस्मिक बीमा, १ वर्षको सवारी बीमा तथा १ आर्थिक वर्षको सम्पूर्ण सडक करको सुविधा पनि आइशरले प्रदान गर्नेछ।
 

प्रतिक्रिया दिनुहोस