aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असोज २०८०
भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आईपीओ आयोजना प्रभावित स्थानीयले खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १९ गतेदेखि आयोजना प्रभावित स्थानीयसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री खुला गरेको हो । 

वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने कम्पनीले भदौ १९ गतेदेखि असोज २ गतेसम्म आईपीओ विक्री गरी असोज १५ गते बाँडफाँट गरिसकेको छ । कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १९ लाख १२ हजार ५०० कित्ता शेयर स्थानीयमा विक्री खुला गरेको हो ।

स्थानीयमा जारी हुने आईपीओ खरीदका लागि कास्की जिल्लाका माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं. १९ का स्थानीयले आवेदन दिन सक्नेछन् । स्थानीयले योे आईपीओ  खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतममा १९ हजार १२० हजार कित्तासम्म माग गर्न सक्नेछन् । 

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । स्थानीयले आयोजना स्थल, मुक्तिनाथ विकास बैंक र नेपाल फाइनान्सका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने आस्बा सदस्यमार्फत र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।  
 

प्रतिक्रिया दिनुहोस