
काठमाडौं । एक महिनामै जीवन बीमा कम्पनीहरुले साढे नौं अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । गत भदौ महिनामा नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले ९ अर्ब ५२ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा कम्पनीहरुले ८ लाख १५ हजार ३६६ वटा बीमालेख जारी गरेका थिए । त्यस्तै, जीवन बीमा कम्पनीहरुले भदौ महिनामा प्रथम बीमाशुल्कबाट दुई अर्ब ३ करोड ७९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् भने ७ अर्ब ४८ करोड ५५ लाख रुपैयाँ नवीकरण मार्फत बीमाशुल्क संकलन गरेका छन् ।
बीमा प्राधिकरणका अनुसार भदौ महिनासम्म जीवन बीमा कम्पनीहरुले २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा कम्पनीहरुले चार अर्ब ३३ करोड ५३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् भने २४ अर्ब ७९ करोड ४४ लाख रुपैयाँ नवीकरण वापत बीमा शुल्क संकलन गरेका हुन् ।
कुन कम्पनीले कति गरे संकलन ?
भदौ महिनामा राष्ट्रिय बीमा संस्थानले २२ करोड ५१ लख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब १० करोड ९ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ७८ करोड ८० लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले एक अर्ब १३ करोड ७८ लाख र मेट लाइफले ४२ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
त्यस्तै, भदौ महिनामा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ९८ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने आइ मई लाइफ इन्स्योरेन्स कम्पनीले १६ करोड ३२ लाख रुपैयाँ संकलन गरेको छ । यस अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १८ करोड ५ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १८ करोड ९३ लाख, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ३० करोड ७१ लाख र सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ४० करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
त्यसैगरि, भदौ महिनामा सानिमा रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले २६ करोड ५७ लाख रुपैयाँ बीमाशुलक संकलन गर्दा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ८९ करोड ७ लाख रुपैयाँ संकलन गरेको छ । यस महिना प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले २२ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको बीमा प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस