aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सिनर्जी पावर डेभलपमेन्टको ५ लाख ६३ हजारभन्दा बढी कित्ता हकप्रद शेयर लिलामीमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ असोज २०८०
सिनर्जी पावर डेभलपमेन्टको ५ लाख ६३ हजारभन्दा बढी कित्ता हकप्रद शेयर लिलामीमा आउने

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ५ लाख ६३ हजार २६१ कित्ता हकप्रद शेयर लिलामीमा आउने भएको छ । कम्पनीले भदौ ३ गतेदेखि ३१ गतेसम्म ५० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ४४ हजार ७९४ जना आवेदकहरूलाई ३४ लाख ६९ हजार ६१४ कित्ता हकप्रद शेयर कम्पनीले असोज १६ गते बाँडफाँट गरेको हो ।

यस अवधिमा वितरण हुन नसकेको ५ लाख ६३ हजार २६१ कित्ता हकप्रद शेयर भने कम्पनीले लिलामी प्रक्रियाबाट विक्री गर्नेछ । हकप्रद शेयर बाँडफाँटमा नपरेको हकप्रद शेयर वापतको रकम असोज १९ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामै रकमान्तुक गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउन १२ गते बुक क्लोज गरेको थियो । 

बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन पाएका थिए । कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको आधारमा हकप्रद शेयर विक्री गरेको हो । अवितरित हकप्रद शेयर विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ कायम हुनेछ । 

हकप्रद शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकम ४० करोड ३२ लाख ८७ हजार ५०० रूपैयाँ एपेक्स मकालु हाइड्रो पावर लिमिटेडद्वारा प्रबद्धित मध्य होङ्गु खोला ए जलविद्युत आयोजनामा उपयोग गर्ने जानकारी गराएको छ ।
 

प्रतिक्रिया दिनुहोस